You are viewing the translated version of स्थानीय समन्वय तथा अनुगमन समिति.
Rule 12
स्थानीय समन्वय तथा अनुगमन समिति
(१) कोषद्वारा सञ्चालित कार्यक्रमको समन्वय तथा अनुगमनको लागि प्रत्येक स्थानीय तहमा देहाय बमोजिमको एक स्थानीय समन्वय तथा अनुगमन समिति रहनेछः- (क) सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत -अध्यक्ष (ख) उच्चमशिलतामा क्रियाशील युवामध्ये सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले तोकेको कम्तीमा एक जना महिला र दलित सहित तीन जना “सदस्य
(ग) स्वरोजगार सहजकर्ता -सदस्य-सचिव (२) उपनियम (१) बमोजिमको समितिको सचिवालय सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्यालयमा रहनेछ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक वर्षको कम्तीमा तीन पटक बस्नेछ र बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको बैठकको निर्णय अध्यक्षता गर्ने व्यक्ति र सदस्य- सचिवले प्रमाणित गर्नेछन् ।
(५) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।